Wednesday, February 13, 2008

मोङ्गोल नेस्नल अर्गनाईजेसन सोलुखुम्बु सम्पर्क समिति गठन



काठमाडौं ५ माघ २०६४ शनिबार मङ्गोल नेसनल अर्गनाईजेसनको सङ्गठन बिस्तारको क्रममा हालै चाबेल स्थित् कार्यलयमा उअपत्याका-सोलुखुम्बु सम्पर्क समिति चयन भएको छ। सत्र सदस्यिय उक्त सम्पर्क मन्चका अध्यक्ष पदमा सोलुखुम्बु गार्मा गा बि स ४ का कान्छ (लामा)शेर्पा चयन हुनु भएको थियो भने सचिवमा सल्लेरी १ का फुरि ग्यल्जेन (लामा) शेर्पा हुनु हुन्छ भने सह-सचिव पदमा मुक्लि माईदेल २ का कल्याण कुमार गुरुङ्ग् हुनुहुन्छ। यसै गरि कोषध्यक्ष पदमा छेस्काम गा बि स १ का सुश्री ईन्दिरा राई हुनु हुन्छ भने सदस्यहरुमा क्रमश: महेश कुमार राना मगर जुबिङ्ग् १ खरिखोला,भुवनजित राई वाकु ३, छिरिङ्ग् नोर्बु शेर्पा बेनि ५,कुमार राई बासा ८, भला काजी राई मुक्लि ८, दावा शेर्पा गार्मा ८,प्रभहित राई वाकु ५, ङावाङ् नाम्गि शेर्पा गोली ९, सबिर राई देवस ६, छिरिङ् शेर्पा लोखिम ९,निर कुमार राई मुक्लि ८, बल बहादुर राई वाकु ५ हुनु हुन्छ भने सल्लहकारद्वाय श्री थुप्तेन् लामा बेनि ५ र मन कुमार गुरुङ्ग् मुक्लि २ हुनु हुन्छ। समिति गठनका साथै भएको छ्लफलमा सदस्यहरु को बिस्तार गर्नु पर्ने, चुनावि बिधान तथा घोषणा पत्रहरुलाई प्रचार प्रसार गर्नु पर्ने र सम्बिधान सभाको चुनावको लागी चौतर्फि अभियानकै रुपमा प्रचार गरि अधिराज्यरुपि बनाउनु पर्ने मा छलफल् भयो। काठमाणडौ भ्यालि सभाका कार्यलयमा भएको यस बैठकमा अध्यक्ष श्री भीम गुरुङ्गको अध्यक्षतमा निम्न पदाधिकारीहरु रहेका छन। श्री भीम गुरुङ्ग् अध्यक्ष, श्री जिवन तामाङ्ग् सचिव, श्री छिरिङ् नुरु शेर्पा सह सचिव,श्री तोक बहादुर गुरुङ्ग् कोषाध्यक्ष, श्री सन्जिव गुरुङ्ग् सदस्य त्यसै गरि अन्य सदस्य हरुमा श्री अमर लामा, श्री ङिमा तामाङ्, श्री नेत्र राई, श्री दुर्गा लिम्बु, श्री देबेन्द्र रिल्लि, श्री भक्त खपङ्गि, श्री बुध्दि मान मगर, श्री मन कुमार गुरुङ्ग्, श्री सबिर राई, श्री दुर्गा लिम्बु, श्री केवल राई, श्री बिश्णु सुब्ब, श्री डम्बर सुब्ब र श्री अलोक मगर रहनु भएको छ।
सम्पर्क समितिको गठन पाश्चतको छलफल मा निम्न अनुसारको भावि कार्यक्रमहरु तय गर्दै बैठक सम्पन्न भएको छ।
मिति २०६४ माघ ८ गते बालजु वाईपासमा कोण् सभा,
मिति २०६४ माघ १२ गते स्वायम्भु हल्चोकमा आम सभा,
मिति २०६४ माघ १५ गते नया बानेस्वर मा आम सभा र मिति २०६४ माघ १६ गते बौध गेट बाट १ बजे दिउसो बाट मोटर साईकल -याल्लि गरि रत्न पार्कस्थित् शान्ति वाटिकामा कोणसभा more photos........

E-mail

mongolnepal@gmail.com

Krishna Tamang
Secrytary
977 9841 424571

मंगोल अर्गनाईजेशन दर्ताका लागि नारा जुलुससहित निर्वाचन आयोगमा

मंगोल अर्गनाईजेशन दर्ताका लागि नारा जुलुससहित निर्वाचन आयोगमा १३ जनवरी, ०८ । आफ़्ना सयौ कार्यकर्तासहित नारा जुलुसकासाथ अध्यक्ष गोपाल गुरुंग आज निर्वाचन आयोग कान्तिपथमा पुग्नु भई मंगोल नेशनल अर्गानाईजेशनका पार्टी दर्ता गराउनुभएको छ । करिब चार दशकदेखिनै श्री गुरुंग यस पार्टीको उत्थान र बिकासको लागी बिभिन्न बाधा कठिनाईहरुको बावजुद हालसम्म निरन्तर लागिरहनु भएको छ। हस्ताक्षरसहितको बिसौ हजार मतदाताहरुको नामावली र पार्टीको झण्डासहित आवश्यक कागजातकासाथ दर्ता अनुमतिका लागी आयोग पुग्नुभएका श्री गुरुङ्ग्ले दर्ता नं: २ मा आफ़्नो पार्टी दर्ता गराउनुभएको छ । उहांले अब मुलवासीको हकहितको लागी आफ़्नो चुनावी अभियानलाई देशब्यापीरुपमा तिव्र पार्ने पनि बताउनुभएको छ । more

मङ्गोल नेस्नल ओर्गनाईजेसन' बिशाल जुलुस

काठ्माणडौ,जनवरि १, २००८ का दिन आयोजनमा राजधानीमा बिशाल जुलुस् सहित नगरको मुख्या भागहरुमा लाखौ पर्चाहरु छरिएका छन। राजधानिमा प्रथमपटक सयौको सङ्ख्यामा मङ्गोल मुक्ति सेनाको सक्रियतामा यो बिशाल र्‍यालिको आयोजना गरि अधिकार सभामा परिणत भएको थियो। भ्याली कमिटी सङ्योजक श्री भिम गुरुङ्ग्को सभापतित्वमा दिनको ठिक तीन बजे शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि को सांस्थापक एवं प्रिसीडेन्ट् श्री गोपाल गुरुङ्ग्ज्युको आसन ग्रहण रहेको थियो भने बिशेष अतिथीमा श्री थुप्तेन लामा(शेर्पा) हुनुहुन्थ्यो। सभामा उपास्थितहरुलाई स्वागत भाषण दिनुहुन्दै सदस्य श्री छिरिङ् शेर्पा (सलाखा)ले बोल्नुभएको थियो भने क्रमश: श्री छिरिङ् तामाङ्ग् श्री जीवन तामाङ्, श्री थुप्तेन् लामा लगायतका बक्तहरुले आआफ्नो धारण ब्यक्त गरेक थिए। प्रमुख अतिथिको आसनबाट बोल्नु हुन्दै प्रिसिडेन्ट मङ्गोलमुक्तिको सङ्घर्षको क्रममा बिगतमा आराष्ट्रियताको आरोपमा तीनवर्षे बन्दि जिवनको क्रममा भद्रगोल जेलबाट पार्टिको झन्डा सहितको घोषणापत्र जारी गर्दै पार्टिको स्थापना गरेका स्मरण गराउदै नेपालमा आर्यनहरुले मङ्गोलमाथि कसरि षडयण्त्रपुर्वक दमन गरेर हालसम्म सत्तमा रहिरहन सफल भयो ? र मुलबाशी मङ्गोल मुलको जनताको नाममा दर्बरियहरुको ईशारामा 'जनाजाती' भनि चलाएको सांस्थाहरुले कसरि मुलबाशीहरु ठगिरहेको छन भन्ने कुराको प्रस्ट उदाहरण दिनु हुन्दै घन्टौ घन्ट लामो भाषण दिनु भएको थियो। चाबेल चोकमा भएको उक्त ब्रिहत अधिकार सभामा हजारौ मुलबाशी मङ्गोलहरुको उपास्थिति रहेको थियो भने मङ्गोल मुक्ति सेनाहरुले सक्रियताको साथ स्वयमसेवकको रुपमा खटिएको थियो। More.....

मङ्गोल नेस्नल अरगनाईजेसन द्वारा पत्रकार सम्मेलन


काठमाणडौ माघ १९ , माङ्गोल नेस्नल अरगनाईनेसन द्वारा पत्रकार सम्मेलन गरेको छ। प्रिसिडेन्ट गोपाल गुरुङ्ग्द्वारा मङ्गोल नेस्नल अरगनाईजेसन को निर्वाचन आयोगमा दर्ता बिगतको दिनहरुको कठिनाई र चुनौतिहरु प्रष्ट पार्दै पार्टिको अवधारण प्रस्तुत् गरेका थिए। पत्रकारहरुको प्रस्नको जवाफ् दिन्दै अब हुने सम्बिधान सभाको चुनावमा देशको पुर्वि द्श जिल्लहरुबाट प्रत्यक्ष दश जिल्लमा आफ्नो पार्टिको उम्मेद्वारहरु निर्वाचनमा भाग लिने र भबिस्यमा देशब्यपि हुने समेत बताउनु भयो। पार्टिको झणडाको बारेमा पत्रकारहरुको जवाफ दिंदै झणडाको निलो भागले पहाड हिमाल र शान्ति तथा रातो भागले तराई र साझा भन्ने बुझाउने र बिचको तारामा भएको पांचवटा भागले पांच क्रान्तिहरु क्रमश: राजनैतिक, सामाजिक,आर्थिक,धार्मिक र शैक्षिक क्रान्तिका प्रतिक हुन भने तलको माथि तिर फर्केको नाङ्गो खुकुरिले यि पांच वटा जायज मागहरु पुरा नभएमा खुकुरि चलाउन बध्य हुने संकेत् हुन भन्नु भयो।

Mongol National organization




1. Nepal should be declared a secular country.


2. The king should remain life long president.


3. Nepal should have provincial government. Name of the provinces should be the named after rivers and mountains as before.


4. Nepal should have paramilitary force instead of army and police force.


5. All Nepalese Mongol should get Nepali citizenship when they come back to their native land, Nepal.


6. There should be one Mongol ministry for the welfare of Mongols.


7. Schedule caste (jat) untouchable Hindu sub-caste (jati), Christians, and Muslims should have their separate department to look after their grievances.


8. Hindunization of non- Hindu Mongol should be stopped. Hindu bahun priest should stop imposing Hindu rites in military and police force in Nepal. Similarly, the state owned Radio Nepal and Nepal television should permit Buddhist programs, as it is the native religion of Nepal.


More..