Wednesday, February 13, 2008

मङ्गोल नेस्नल अरगनाईजेसन द्वारा पत्रकार सम्मेलन


काठमाणडौ माघ १९ , माङ्गोल नेस्नल अरगनाईनेसन द्वारा पत्रकार सम्मेलन गरेको छ। प्रिसिडेन्ट गोपाल गुरुङ्ग्द्वारा मङ्गोल नेस्नल अरगनाईजेसन को निर्वाचन आयोगमा दर्ता बिगतको दिनहरुको कठिनाई र चुनौतिहरु प्रष्ट पार्दै पार्टिको अवधारण प्रस्तुत् गरेका थिए। पत्रकारहरुको प्रस्नको जवाफ् दिन्दै अब हुने सम्बिधान सभाको चुनावमा देशको पुर्वि द्श जिल्लहरुबाट प्रत्यक्ष दश जिल्लमा आफ्नो पार्टिको उम्मेद्वारहरु निर्वाचनमा भाग लिने र भबिस्यमा देशब्यपि हुने समेत बताउनु भयो। पार्टिको झणडाको बारेमा पत्रकारहरुको जवाफ दिंदै झणडाको निलो भागले पहाड हिमाल र शान्ति तथा रातो भागले तराई र साझा भन्ने बुझाउने र बिचको तारामा भएको पांचवटा भागले पांच क्रान्तिहरु क्रमश: राजनैतिक, सामाजिक,आर्थिक,धार्मिक र शैक्षिक क्रान्तिका प्रतिक हुन भने तलको माथि तिर फर्केको नाङ्गो खुकुरिले यि पांच वटा जायज मागहरु पुरा नभएमा खुकुरि चलाउन बध्य हुने संकेत् हुन भन्नु भयो।

No comments: