Wednesday, February 13, 2008

मङ्गोल नेस्नल ओर्गनाईजेसन' बिशाल जुलुस

काठ्माणडौ,जनवरि १, २००८ का दिन आयोजनमा राजधानीमा बिशाल जुलुस् सहित नगरको मुख्या भागहरुमा लाखौ पर्चाहरु छरिएका छन। राजधानिमा प्रथमपटक सयौको सङ्ख्यामा मङ्गोल मुक्ति सेनाको सक्रियतामा यो बिशाल र्‍यालिको आयोजना गरि अधिकार सभामा परिणत भएको थियो। भ्याली कमिटी सङ्योजक श्री भिम गुरुङ्ग्को सभापतित्वमा दिनको ठिक तीन बजे शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि को सांस्थापक एवं प्रिसीडेन्ट् श्री गोपाल गुरुङ्ग्ज्युको आसन ग्रहण रहेको थियो भने बिशेष अतिथीमा श्री थुप्तेन लामा(शेर्पा) हुनुहुन्थ्यो। सभामा उपास्थितहरुलाई स्वागत भाषण दिनुहुन्दै सदस्य श्री छिरिङ् शेर्पा (सलाखा)ले बोल्नुभएको थियो भने क्रमश: श्री छिरिङ् तामाङ्ग् श्री जीवन तामाङ्, श्री थुप्तेन् लामा लगायतका बक्तहरुले आआफ्नो धारण ब्यक्त गरेक थिए। प्रमुख अतिथिको आसनबाट बोल्नु हुन्दै प्रिसिडेन्ट मङ्गोलमुक्तिको सङ्घर्षको क्रममा बिगतमा आराष्ट्रियताको आरोपमा तीनवर्षे बन्दि जिवनको क्रममा भद्रगोल जेलबाट पार्टिको झन्डा सहितको घोषणापत्र जारी गर्दै पार्टिको स्थापना गरेका स्मरण गराउदै नेपालमा आर्यनहरुले मङ्गोलमाथि कसरि षडयण्त्रपुर्वक दमन गरेर हालसम्म सत्तमा रहिरहन सफल भयो ? र मुलबाशी मङ्गोल मुलको जनताको नाममा दर्बरियहरुको ईशारामा 'जनाजाती' भनि चलाएको सांस्थाहरुले कसरि मुलबाशीहरु ठगिरहेको छन भन्ने कुराको प्रस्ट उदाहरण दिनु हुन्दै घन्टौ घन्ट लामो भाषण दिनु भएको थियो। चाबेल चोकमा भएको उक्त ब्रिहत अधिकार सभामा हजारौ मुलबाशी मङ्गोलहरुको उपास्थिति रहेको थियो भने मङ्गोल मुक्ति सेनाहरुले सक्रियताको साथ स्वयमसेवकको रुपमा खटिएको थियो। More.....

No comments: