Wednesday, February 13, 2008

मंगोल अर्गनाईजेशन दर्ताका लागि नारा जुलुससहित निर्वाचन आयोगमा

मंगोल अर्गनाईजेशन दर्ताका लागि नारा जुलुससहित निर्वाचन आयोगमा १३ जनवरी, ०८ । आफ़्ना सयौ कार्यकर्तासहित नारा जुलुसकासाथ अध्यक्ष गोपाल गुरुंग आज निर्वाचन आयोग कान्तिपथमा पुग्नु भई मंगोल नेशनल अर्गानाईजेशनका पार्टी दर्ता गराउनुभएको छ । करिब चार दशकदेखिनै श्री गुरुंग यस पार्टीको उत्थान र बिकासको लागी बिभिन्न बाधा कठिनाईहरुको बावजुद हालसम्म निरन्तर लागिरहनु भएको छ। हस्ताक्षरसहितको बिसौ हजार मतदाताहरुको नामावली र पार्टीको झण्डासहित आवश्यक कागजातकासाथ दर्ता अनुमतिका लागी आयोग पुग्नुभएका श्री गुरुङ्ग्ले दर्ता नं: २ मा आफ़्नो पार्टी दर्ता गराउनुभएको छ । उहांले अब मुलवासीको हकहितको लागी आफ़्नो चुनावी अभियानलाई देशब्यापीरुपमा तिव्र पार्ने पनि बताउनुभएको छ । more

No comments: