Monday, March 31, 2008

मंगोल नेशनल अर्गनाइजेशनको विसाल अधिकार सभा एवं र्सार्वजनिक सुनुवाई कार्यक्रमाम सहभागी बनौं

एक्काइसौ शताब्दी अहिन्दू मूलबासी मंगोल मुक्तिको शताब्दि हो ।

मंगोल नेशनल अर्गनाइजेशनको विसाल अधिकार सभा एवं र्सार्वजनिक सुनुवाई कार्यक्रमाम सहभागी बनौं

यो देश कस्को - मंगोलको , भोट केमा - भालेमा, हामी मंगोल- हिन्दू होइनौं

अदरणीय क्रान्तिकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यो देशको इतिहासमा एक युगमा एक पटक मात्र आउने संविधानसभा निर्वाचनको पुनित अवसरमा मंगोल नेशनल अर्गनाइजेशन सबै खाले सामन्तवाद, साम्रज्यवाद र राजतन्त्रको विरुद्ध लड्दा लड्दै आफ्नो अमुल्य जीवन बलिदान गर्नुहुने सम्पर्ूण्ा ज्ञात, अज्ञात सहिदहरुको स्मरण गर्दै वहाँहरु प्रति उच्च सम्मान प्रकट गर्दछौं ।

१५५९ मा द्रव्य शाहले घले राजाको टाउको ठुन्काए देखिनै हाम्रा पर्ूखाहरु सुपति गुरुङ, श्री जंग थेवे, लखन थापामगर र रामप्रसाद र्राईहरुले सामन्तवाद, साम्रज्यवाद र राजतन्त्रको विरुद्ध लड्दै आएको इतिहास छ र झण्डै ४५० वर्षदेखिको तपाई हाम्रो सपना संविधानसभाको चुनाव मार्फ पूरा हुँदैछ । संविधानसभाको माध्यमबाट नयाँ संविधान निर्माण र नयाँ नेपालको सृजना गरी हामी नयाँ इतिहास निर्माण गर्दैछौं । ४५० वर्षेखिको सामन्ति राजतन्त्रको कालो इतिहास समाप्त हुँदैछ । हामी छिट्टै नयाँ र युगिन परिवर्तनको लागि पर्ूण्ारुपले राजतन्त्रको समाप्त गरी गणतन्त्र, धर्मनिरपेक्षता र प्रान्तिय सरकार निर्माण भइसकेको घोषणा गर्दैछौं र गणतन्त्र, धर्मनिरपेक्षता र प्रान्तिय सरकार अब बन्ने संविधानको प्रस्तावनामा राख्दैछौं । तर यतिखेर गिरिजाप्रसाद कोइराला लगायत कतिपय पार्टिका नेताहरुले बोल्दा लोकतन्त्र अथवा गणतन्त्र शब्दको बदलामा प्रजातन्त्र शब्द उच्चारण गर्न लागेका छन् । यस्ले पनि तिनीहरु राजा राख्न चाहन्छन् भन्ने प्रस्ट्याउँछ । अब फेरि राजा राख्ने जमर्को भयो भने र जनताको छोराछोरी राष्ट्रपति हुने ठाउँमा त्यसो नभए केही वर्षभित्रमानै अर्को कहली लाग्दो विष्फोट हुने छ । त्यसले नेपालको कथित राजा रानीको स्थिति प|mान्सको १७९१-१७९२ तिरको जस्तो दुरदिन निम्त्याउने छ । यसकारण वर्तमान नेपालमा सरणार्थी भएर भित्रेका तर आज मालिक भएर प्रत्येक नेपालीलाई जन्मदै २० हजार ऋण बोक्नु पर्ने बनाएर अहिन्दू मूलबासी मंगोलको मुलुक नेपाललाई बन्दकी राखेर धनी भएका शासनमा बसी शोषण गर्नेहरुले ठूलो पश्चाताप गर्नुपर्ने छ । पद र पैसा भए जे पनि गर्न सकिन्छ भन्ने दिवा सपना बोकेकाहरुले यो कल्पना समय छँदै छाडि दिउन् भन्ने आम नेपाली जनताको चाहना रहेको हुँदा भोली संविधानसभाको चुनावपछि कुनै न कुनै रुपको राजतन्त्र राख्ने प्रयास भयो भने त्यो मंगोल नेशनल अर्गनाइजेशनलाई स्विकार्य हुने छैन । यतिखेर मंगोल नेशनलन अर्गनाइजेशन संविधानसभाको चुनावमा गई राखेको छ । हरेक नेपाली जनतालाई लाग्न सक्छ । मंगोल नेशनल अर्गनाइजेशन संविधानसभामा किन जाने - किन भने अहिन्दू मूलबासी मंगोल ५ सय वर्षो हिन्दू आर्यको शासन र शोषणबाट उठ्नै नसक्ने स्थितिमा पुर्‍याएको छ । आफ्नै देशमा शरणार्थी मात्र बनाएको होइन, राष्ट्रनै नहुने जनजाति बनाउने षड्यन्त्रमा यिनीहरु एकजुट भएका छन् । त्यही षड्यन्त्रलाई निर्मुल परिदिएर नेपालमा नयाँ विचार र नयाँ नेपालको सृजना गरेर हाम्रो भावि पिढिको सुरक्षा र सुनिश्चित भविष्य निर्माण गर्ने संविधान तयार पार्नको लागि । तर्सथ मंगोल नेशनल अर्गनाइजेशन संविधानसभामा पुगेपछि गणतन्त्र, धर्मनिरपेक्षता र संघात्मक सरकारलाई संविधानको प्रस्तावनामा राख्ने काम हुनेछ । राष्ट्रिय पशु गाई होइन कस्तुरी, मृग राखिने छ । रोम विधानलाई संविधानमा समावेश गरिनेछ । राजपरिवारको समस्त जग्गा अधिकरण गरी भूमिहिन र जोताहामा बाँड्नु पर्ने किटान संविधानमा नै उल्लेख गरिनेछ । राजपरिवारको समस्त सम्पत्ति गरिब घरवार विहिनलाई बाँड्नु पर्ने किटान संविधानमानै उल्लेख गरिने छ । गम्भीर भ्रष्टचार र कालो सुचिमा परेकाहरुलाई कारबाही गरिनु पर्ने किटान संविधानमा नै उल्लेख गरिनेछ । विदेशी मूलका र भ्रष्टहरुबाट जनतालाई मुक्ति दिन टोल, वडा, गाउँ, क्षेत्र र जिल्ला, जिल्लामा भ्रष्टहरुलाई विनास गर्ने क्रान्तिकारी कार्यक्रम पार्टर्ीी संचालन गरिनेछ । मंगोलहरुको आचारण र कर्मलाई विकृत देखाई आफू माथिल्लो वर्गको भन्ने ब्रम्हाणवादीहरुको अमानवीय क्रियाकलापको भण्डाफोर गरी स्वच्छ, भ्रष्टचारमुक्त न्यायीक समाज र राष्ट्रको निर्माण गरिनेछ ।

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु १५५९ देखिको ऐतिहासिक पृष्ठभूमिले के प्रमाणित गर्दछ भने राजा र राजावादीहरु हाम्रो कुलको संहारकारी हुन् त्यस्तालाई मंगोल अनुहारका नै भए पनि डाँडा कटाउन उठ्नुहोस् र संविधानसभाको निर्वाचन मार्फ नयाँ संविधान र नयाँ नेपाल सृजनाको लागि मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न जुट्नु होस् ।

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मंगोल नेशनल अर्गनाइजेशन नेपालको लोकतन्त्रप्रेमि अहिन्दू मूलवासी मंगोल जनताको एक मात्र राजनीतिक संगठन हो । मंगोल नेशनल अर्गनाइजेशन बाहेकका हामी जस्तै मंगोल देखिनेहरु र मंगोलनै भएपनि राजा र्समर्थकहरुलाई आफ्नो अमूल्य मत नदिनुहोस्. । हिजो भोट, माग्न आउनेहरुले तपाईहरुसँग के भने - वास्तविक रुपमा उनीहरुले के गरे - त्यो राम्ररी विचार गर्नुहोस् । छानविन गर्नुहोस् अब त्यस्ताहरुसँग जोगिनु होस् त्यस्ताले दिएको लोभमा झुक्किएर पनि नफस्नुहोस् । आज सगरमाथाको देश नेपालमा यहि देशको जनताको शिर झुकिरहेको छ । संविधानसभाको निर्वाचनमा तपाइहरुले नेपाल भरिका सबै मतदान केन्द्रमा गएर रातो रङको मत पत्रमा भएको मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न सक्नु हुने छ र तपाईहरुले रातो रङको मतपत्रमा भएको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्नु भएपछि हामी नेपाली जनताको शिर सगरमाथा जस्तै ठाडो र छाति चाक्लो बनाएर हिड्न सक्ने बनाउने प्रतिज्ञा गर्दछौं ।

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ! बाँच्नु र मर्नु अर्थपर्ूण्ा होस् बचाई र मर्राई जीउँदो मान्छेको जस्तो होस्, यस समय हामी मृत्युको बचाई बाँचिरहेका छौं ।

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ! नेपाल हाम्रो पर्ूखाले सिङ्गारेको मुलुक थियो, यहाँको पहाड पर्वत नदीनालाको नाम हाम्रो आफ्नै भाषामा थियो । हाम्रो माटो, हाम्रो माटोको सिमा रेखा हाम्रो आफ्नै भाषामा थियो । यहाँ जताततै मूलबासीको भाषामा गीत सुनिन्यो, आफ्नो भाषाको बोलाई र गीत गाइहरु पहाड कन्दरामा थुरिन्थ्यो, प्रतिध्वनीत हुन्थ्यो । आज कहाँ हराए यी सब - बुटवलको बलीहाङ नदी आज कसउरी तिनाउ नदि भयो - चोमोलुङमालाई कुन दुष्टले सगरमाथा बनायो - पशुपतिघाटलाई आर्यघाट कुन अराष्ट्रिय तत्वको उपज हो - व्यास गुफाको नाम राख्ने कुन अराष्ट्रिय तत्वले कुन ध्येयले राख्यो - भानुपथ र लेखनाथ पथ, पृथ्वी, कान्ति, महेन्द्र, रत्ना, वीरेन्द्र, दीपेन्द्र र ऐर्श्वर्यहरुको यतिबिघ्न नामहरु हाम्रो गाउँ, ठाउँ, सडक, भवनहरुमा राख्नुपर्ने कुन महत्वपर्ूण्ा देन दिएका छन् यिनीहरुले - सेनाको नाममा खर्चने अरवौ, अरब रुपैया कस्को रगत र पसिनाको कमाई हो - आज हाम्रो खेतिपाति छैन, घरवारी छैन, पर्ूखाले टेकेको पैतलाको डाम छैन कता हराए ति सब - यहाँका फाँटिला खेत र मलिला बारीहरु, उपजाउ भूमि र विसाल फाँटहरु, यिनीहरुसँग जो जे देखिन्छ के यिनीहरुले राजस्थान, कुमाउ, गडवाल, काँशी र वनरासबाट लिएर आएका हुन् - आज हामी हाम्रो टाउको र निधार छाम्दा साम्रज्यवादीहरुको पैतालाको डाम मात्रै भेट्छौं । ए मतवाली भनेर हेपिएर बसेका मूलबासी मंगोलका सन्तान हो, ए युवा पिढिहरु हो, तिमी बुद्धिजीवि वन र आफ्नो अन्तर आत्मालाई सोध बीरको सनतान हो भने मैदानमा ओर्ल कुकुर र कीरा फट्याङ्ग्रा सरह भएर नबाँच, मुक्ति खोज दास्ता तोड यही आहृवान छ सेना र प्रहरीमा भएकाहरुलाई पनि ।

नेपाली मूलबासी मंगोल दाजुभाइ तथा दिदीबहिनीहरु हो - यहाँको त्रि्रो पुख्र्यौली माटोलाई सोध तिमी किन सुकुम्बासी बनेर विदेशीयौ र विदेशीदै छौ - तिमी बासीभात जस्तै भाते भएर किन गनायौ - यहाँका चीर परिचित पहाड पखेरालाई सोध तिमी आज किन आफ्नै पुख्र्यौली माटोमा बिरानो बन्यौ - यहाँको हिमाली नदी नालालाई सोध तिमी किन बगेर कता कता पुग्यौ - सोध ती टोलाएर बसेका पहाड पर्वतलाई र थाङ्ने लुगामा उजाडिनु परेको शरीर जस्तै उजाडिएको जंगललाई । सोध त्रि्रो मन भित्रको पीर र ब्यथाले दन्किरहेको ज्वालाले तिमीलाई जलाए जस्तै डँढेलोले जलेर खाक भएको जंगललाई । आज किन तिमीलाई चिनेन र विदेशी ठान्यो - हाम्रो पर्ूखाले भस्मे फाँडेर मलिलो बनाई दिएको जमिन र बनाई दिएको घर आज कस्को भएको छ - तिमी नेपाल भित्र केवल तातो गोलीले चिसिने मुल्यहीन प्राणि बन्यौ किन - कसरी - यिनै विविध विषय र संविधानसभा निर्वाचनको सर्न्दर्भमा वृहत छलफल गर्ने र जानकारी गराउने उद्देश्यले मंगोल नेशनल अर्गनाइजेशनले यही २०६४ साल चैत २५ गते दिनको १२ बजे रस्नालुको बर्ुर्केमा मंगोल नेशनल अर्गनाइजेशनले बिसाल अधिकारसभा एवं र्सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हुनाले उक्त कार्यक्रममा उपस्थित भइदिनु हुन सामन्ति राज्यसत्ताबाट सोषित पिडित सम्पर्ूण्ा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आहृवान गर्दछौं ।

अन्त्यमा,

नेपालको राजनीतिक इतिहासमा जेल भित्रनै स्थापना भएको एउटै मात्र राजनैतिक संगठन मंगोल नेशनल अर्गनाइजेशन नेपालको ८० प्रतिशत अहिन्दू मुलबासी मंगोल समुदायलाई हिन्दु दासताबाट मुक्ति दिलाउन संर्घष्ा गरी मूलबासी मंगोल समुदायलाई जीउँदो मान्छे जस्तो बचाउन, वर्ण्र्ााेदी नीति धरासायी पार्न १ जनवरी १९८९ मा भद्रगोल जेल काठमाडौंमा स्थापना भएको हो । यति खेर मंगोल नेशनल अर्गनाइजेशनका दशौ हजार कार्यकर्ताहरु वैचारिक लर्डाईमा होमिएका छन् र अहिन्दु मुलबासी मंगोल समुदायको भाविपिडिको उज्ज्वल र सुरक्षित भविश्यको निम्ति बाँँच्न र मर्न पनि तयार छन् । त्यसका निम्ति छातिमा गोली थाप्न पनि तयार छन् तर दास्ता सहन तयार छैन, मुक्तिको लर्डाईमा सहिद हुन तयार छन् तर अस्तित्वहीन बचाई बाँच्न तयार छैनन् । ए अहिन्दु मुलबासी मंगोल हो, हामीले कुकुर, विरालो र कीरा, फट्याङ्ग्राको जस्तो जीवन बाँच्न सुहाउँदैन, बाँचिञ्जेल जीउदो मान्छे जस्तो भएर बाँच, मर्दा जीउँदो मान्छे भएर मर, उठ, जुट, जुझ । यो वर्ण्र्ााेद विरुद्धको पहिलो र आखिरी लर्डाई हो । तर्सथ हाम्रो जीतले हाम्रो बाटो हेरेर बसेको छ - हामीलाई कुरेर बसिरहेको छ । नहच्क, नबिच्क, जुरुक्क उठेपछि बुरुक्क उप|m तर लुरुक्क परेर खुरुक्क नझुक । यो लर्डाई निर्ण्ाायक हुनेछ । यो लर्डाई विश्वासघातीलाई सवक बन्नेछ भन्दै यहि मिति २०६४ साल चैत २५ गते दिनको १२ बजे रामेछाप जिल्लाको रस्नालु गाविसको बर्ुर्केमा भेटेर सामन्ति राज्यसत्ताबाट तपाई हामी माथि हुने अन्याय, अत्याचार शोषण र दमनको विरुद्धमा बृहत रुपमा छलफल गरी शामन्ति राज्यसत्ताको विरुद्धमा निर्ण्ाायक लडाइ गर्ने प्रतिज्ञा गर्दै बिदा हुन्छु ।

धन्यवाद् !







क्रार्यक्रमः अधिकारको लागि अधिकार सभा

मितिः २०६४ चैत २५ गते

समयः मध्यान्ह १२ बजे

स्थानः रस्नालु -३, बर्ुर्के, रामेछाप








तपाई हाम्रो मत रातो मतपत्रमा भएको मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भालेलाई ।

No comments: